२०८१, ८ बैशाख शनिबार

विश्व रक्तदाता दिवसमा ४२ जनाले गरे रक्तदान

डबली खबर     जेष्ठ ३१ २०७८ १६:५९

blood donate by narayan shrestha chairman of Human Rights and Peace Society nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – आज विश्व रक्तदाता दिवस । रक्तदान गरौ र संसारको धड्कनलाई चलायमान बनाऔ भन्ने मुल नाराका साथ नुवाकोटमा पनि रक्तदान कार्यक्रम गरी मनाइएको छ ।

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा नुवाकोटको आयोजनामा गरिएको खुला रक्तदानमा ८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

समाजका सभापति नारायण श्रेष्ठले केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार नुवाकोट शाखाले कोभिड-१९ को महामारीमा बिरामीहरुमा आवश्यक रगतको अभाव नहोस् भन्ने हेतुले विश्व रक्तदाता दिवसमा रक्तदान कार्यक्रम गरिएको बताए ।

यस्तै, नेपाल रेडक्रस सोसाइटी काहुले उपशाखाको आयोजनामा किस्पाङ गाउँपालिकाको वडा नम्बर ३ काहुले भएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका छन् ।

रक्तदानमा २७ जना पुरुष र ७ जना महिलाले रक्तदान गरेको समृद्ध किस्पाङका अभियन्ता सन्तोष ढुङ्गेलले जानकारी दिए ।

दुवै रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको रक्तसंचार केन्द्रको प्राविधिक सहयोग र ब्लड अन रिक्वेस्ट ईन नुवाकोटको सहजिकरण रहेको थियो ।

नेपालमा दुइ लाखको हाराहारीमा नियमित रक्तदाता रहेको, महिला रक्तदाता १७ प्रतिशत मात्रै भएकोले शुलभ रगत हुनको लागि यूवा रक्तदाता र महिला रक्तदाताहरु बढाउन आवश्यकता रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top