+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा प्राप्त स्वास्थ्य सामाग्री नुवाकोटका तीन पालिकामा हस्तान्तरण

yashodadevi bhagwan singh kc memorial trust
डबली खबर
४ साल अगाडी

नुवाकोट – अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा प्राप्त स्वास्थ्य सामाग्री नुवाकोटको म्यागङ, किस्पाङ र तारकेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थालाई आवश्यक कोरोना रोगबाट बच्नको लागि अति आवश्यक स्वास्थ्य सहायता सामाग्री हस्तान्तरण गरिएको छ ।

बिहिबार यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टको समन्वयमा हस्तान्तरण कार्यक्रममा ट्रस्टका महासचिव जगदिश्वरनरसिंह केसीका अनुसार कोरोना सङ्क्रमित बिरामीको लागि स्वास्थ्य उपचार गर्न ट्रष्टका संरक्षक तथा नेपाली काँग्रेसका नेता अजुर्ननरसिंह केसीको रोहवरमा नुवाकोटका तीन गाउँपालिकाका स्वास्थ्य संस्थालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

तीन गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा प्रति गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर ९ थान, माक्स १० हजार थान, पिपिई २५ थान लगायतका स्वास्थ्य सामाग्री रहेको छ ।

यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले कोरोनाभाईरसको सङ्क्रमणकालको सुरुवातदेखि नुवाकोट लगायत नेपालका अन्य जिल्लाहरुमा स्वास्थ्य क्षेत्र, पत्रकार तथा अग्रपंक्तिमा खट्ने संस्थालाई स्वास्थ्य सामाग्री सहयोग गर्दै आईरहेको छ ।

*सच्चाईएको
अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा प्राप्त स्वास्थ्य सामाग्री हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा प्रार्थी छौं ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ