२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा थप ६९ सङ्क्रमणमुक्त

डबली खबर     जेष्ठ २७ २०७८ १४:५६

nuwakot coronavirus covid19 update nepal world
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा थप ६९ जनामा कोरोनाभाइरस संक्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ। योसंगै निको हुनेको संख्या ३ हजार ५९ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ६९ जना नयाँ सङ्क्रमित थपिएको छ । १२७ जनाको नमूना पीसीआर र ७९ जनाको एन्टीजेन परीक्षणमा ४४ पुरुष र २५ जना महिलामा संक्रमण देखिएको हो ।

कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या १ हजार ९५ रहेको छ। जिल्लामा कोरोनाबाट सङ्क्रमित हुनेमा २ हजार ६४५ पुरुष र महिला १ हजार १८३ जना गरी कुल सङ्क्रमितको सङ्ख्या ४ हजार १८३ पुगेको छ ।

हाल जिल्लाभरका अस्पतालमा ३८ जना, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ६३ जना र ९८५ जना होम आईसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नुवाकोटमा कोरोनाभाइरस रोगबाट २९ जनाको ज्यान गएको छ भने १७ हजार २४४ जनाको पिसीआर परीक्षण गरिएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top