२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

किस्पाङ गाउँपालिकालाई मानव धर्मको स्वास्थ्य सामग्री

डबली खबर     जेष्ठ २७ २०७८ १२:१३

manav sewa provided to covid19 health medicine to kispang rural muncipality in actor rajesh hamal birthday
pratik book and stationery center in nuwakot

नुवाकोट – नेपाल मानव धर्म सेवा समितिले किस्पाङ गाउँपालिकाका कोभिड-१९ प्रभावितहरूका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाका कोरोना संक्रमण प्रभावितहरूका लागि समितिले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

बुधवार नायक राजेश हमालको जन्मदिनको अवसरमा समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाईँजीले किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

नायक राजेश हमालले किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै

हस्तान्तरण गरिएको  स्वास्थ्य सामग्रीमा अक्सिमिटर २० पिस, फेस सिल्ड १०० पिस , पिपिई सेट २० पिस, सेनिटाइजर २०० पिस, एन-९५ मास्क १०० पिस, ग्लोब्स २० पाकेट लगायत औषधीहरु रहेको छ ।

नेपाल मानव धर्म सेवा समितिले मुलुकका अन्य जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री र कोभिड–१९ का कारण मर्कामा परेका घरपरिवार तथा दैनिक ज्याला मजदुरी गरी छाक टार्ने मजदुरहरुलाई राहत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top