२०७८, ११ असार शुक्रबार

नुवाकोटमा आजदेखि ४ हजार २ सयलाई लगाईदै चिनियाँ खोप

डबली खबर     जेष्ठ २६ २०७८ ०८:२५


vero cell vaccine in nuwakot bidur
Tribhuvan Trishuli Secondary School
bidur tax

नुवाकोट – चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ । जिल्लाको सबै स्थानीय तहभित्र रहेका ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई यस अभियानमा सहभागी गराइने छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार यस उमेर समूहका ४ हजार २०० नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको भेरोशिलको पहिलो मात्रा डोज प्रदान गरिने लक्ष्य रहेको छ । सोही लक्ष्य अनुसार सबै स्थानीय तहमा लक्षित जनसंख्याको आधारमा समानुपातिक रुपले खोप उपलव्ध गराइसकिएको उनले बताए ।

बुधबार लिखु, सूर्यगढी, शिवपुरी, पञ्चकन्या र किस्पाङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए । यस्तै, बिहिबार ककनी, विदुर, बेलकोटगढी, म्यागङ, तारकेश्वर, तादी र दुप्चेश्वरमा खोप अभियान सञ्चालन हुने छ ।

यस खोप अभियानको लक्षित समूह अर्थात ६२ वर्ष देखि ६४ उमेर समूहका नागरिकहरुलाई आफ्नो स्थानीय तहसँग सम्पर्क गरी नजिकैको खोप केन्द्रमा गई खोप लागउन भनिएको छ । खोप केन्द्रमा जादा अनिवार्य रुपमा नागरिकता वा परिचय खुल्ने कागजपत्र लिएर जानुपर्नेछ । प्रत्येक स्थानीय तहले निर्धारण गरेको वडा स्थित स्वास्थ्य सस्थामा खोप केन्द्र सञ्चालन हुनेछ ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19



Top