+
Search

ताजा अपडेट +

पपुलर +

वडाबासीकै सहयोगमा स्वास्थ्य सेवा नि:शुल्क सञ्चालनमा रहने

डबली खबर
४ साल अगाडी

नुवाकोट – विश्वव्यापी फैलिएको कोभिड-१९ को सङ्क्रमणको समयमा विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयले नि:शुल्क औषधी र एम्बुलेन्स सेवा सुरु गरेको छ ।

सोमबार वडाबासी राजेन्द्र नेपाली र रामशरण नेपालीलाई एक कार्यक्रमका बिचमा आवश्यक औषधी हस्तान्तरण गरेर वडाको स्वास्थ्य उक्त सेवाको सुरुवात गरिएको विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले बताए ।

कार्यालयले वडाबासीको स्वास्थ्यलाई ख्याल गर्दै नि:शुल्क औषधि र एम्बुलेन्स सेवा सुरु गरिएको वडाध्यक्ष चित्रकारले बताए । दिर्घरोगि, अशक्त, असहाय र निम्न वर्गहरुलाई लक्षित गर्दै वडाले नि:शुल्क एम्बुलेन्स सेवा र औषधि वितरण कार्य सुरु गरेको उनले बताए ।

नि:शुल्क औषधि र एम्बुलेन्स सेवाका लागि जनप्रतिनिधि र कर्मचारीले एक/एक महिनाको पारिश्रमिक सहयोग गरेका छन्। जनप्रतिनिधि र कर्मचारीको आर्थिक सहयोगमा वडाबासीको थप आर्थिक सहयोगमा उक्त सेवा नुवाकोटमै पहिलोपटक सुरु गरिएको उनले दावी गरे ।

स्वास्थ्य सेवामा वडाध्यक्ष स्वयंको २६ हजार ७३०, वडा सदस्यहरुबाट ३२ हजार ४०६, कर्मचारीहरु ५९ हजार ४०० गरी कुल एक लाख ५८ हजार १३६ रुपैंयाँ आर्थिक सहयोग रहेको वडासचिव शिवहरी गजुरेलले जानकारी दिए । कार्यक्रममा वडाबासी देविघाट निवासी नविन चित्रकारले थप ५ हजार रुपैंयाँ सहयोग गरेको छ ।

सरकारी बजेटले नभई वडाको पहलमा वडाबासीकै सहयोगले उक्त सेवा सञ्चालन गरिने भएकाले वडा क्षेत्रका अति विपन्न र आवश्यकता भएकालाई मात्र उक्त सेवा प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।

यस अघि विदुर नगरपालिकाले कोभिड-१९ का सङ्क्रमित आर्थिक अवस्था कमजाेर भएका विपन्न एवं असहाय परिवारका बिरामीहरुकाे लागि अस्पतालसम्म ल्याउन लैजानको लागि एम्बुलेन्स सेवा नि:शुल्क रुपमा संचालनमा ल्याएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ