२०८१, ७ बैशाख शुक्रबार

नेता द्वय तामाङद्वारा त्रिशुली र खरानीटार अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

    जेष्ठ २४ २०७८ ०८:४१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विघटित प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रीय नेता हितबहादुर तामाङ र बागमती प्रदेशका उपसभामुख राधिका तामाङको पहलमा त्रिशुली (जिल्ला) अस्पताल र खरानीटार अस्पतालमा अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

आइतबार अस्पतालमा पुगेर जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेलाई नेता द्वय तामाङले अक्सिजन सिलिन्डर हस्तान्तरण गराएका हुन् ।

त्रिशूली अस्पतालमा १० थान अक्सिजन सिलिण्डर र खरानीटार क्षेत्रीय अस्पतालका लागि ८ थान अक्सिजन सिलिण्डर, पीपीई एक सय थान, सर्जिकल मास्क २५ सय वटा, एन–९५ मास्क एकसय थान, फेस सिल्ड एकसय थान उपलब्ध गराएका हुन् ।

उपसभामुख राधिका तामाङको आग्रहमा आठ थान खाली सिलिण्डरसहित केही स्वास्थ्य सामग्री प्रदेश सामाजिक विकास मन्त्रालयबाट उपलब्ध गराएका हुन् भने बाँकी सामाग्रीहरु व्यक्तिगत रुपमा संकलन गरी उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top