२०७८, ११ असार शुक्रबार

नुवाकोटमा उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो

डबली खबर     जेष्ठ २३ २०७८ २०:०३


putla dohan in nuwakot
Tribhuvan Trishuli Secondary School
bidur tax

विदुर – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्ति संविधान विरोधी भएको भन्दै आइतबार नुवाकोटमा महतोको पुत्ला जलाइएको छ । विपक्षि गठवन्धन निकट युवा विद्यार्थी संगठनले नुवाकोटमा महतोको विरोध गर्दै पुत्ला दहन गरेका हुन्।

मन्त्रीको रुपमा पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै नुवाकोटको बट्टार बजारमामा उनको पुत्ला जलाइएको छ । महतोले ‘बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन’ आफूले अहिले पनि सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्ति विरुद्ध गठबन्धन निकट युवा विद्यार्थीले उनको पुत्ला पुत्ला दहन गरिएको युवासंघ नेपाल सचिवालय सदस्य उद्धव पनेरुले बताए । 

पुत्ला दहन गर्नु अगाडि उनीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए । संविधान विरोध अभिव्यक्ति दिएको भन्दै महतोको चौतर्फी विरोध भइरहेको छ ।

शुक्रबार साँझ पदभार ग्रहणपछि उनले आफ्ना सवालहरुसहित वैकल्पिक शक्तिका रुपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेको बताउँदै बहुल राष्ट्रिय राज्य अभियानमा पनि रहेको बताएका थिए ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19



Top