२०७८, ९ आश्विन शनिबार

बार्षिकोत्सवमा नेपाल बङ्गलादेश बैंकले कोभिड १९ बिरुद्ध ७० लाख बराबरको सहयोग

डबली खबर     जेष्ठ २३ २०७८ १२:२९

nepal Bangladesh bank
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – नेपाल बङ्गलादेश बैंकले आफनो २७ औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो । नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो ।

आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख बराबरको २ हजार ५ सय भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ ।

साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाखको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने छ ।

यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा दिदैं आएको छ ।

प्रकाशित: जेष्ठ २३ २०७८ १२:२९

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top