नुवाकोट – किस्पाङ गाउँपालिकाका सक्रिय र सामाजिक अभियन्ता युवाहरुको समुह समृद्ध किस्पाङ समूहले गाउँपालिका क्षेत्रका विपन्न र असहायको घर घरमा खाद्यान्न र अत्यावश्यक सामग्री पुर्याएका छन् ।
समृद्ध किस्पाङका अभियन्ता सन्तोष ढुङ्गेलका अनुसार गाउँपालिका क्षेत्रका हेरचाह गर्ने कोही नभएका जेष्ठनागरिक, शारिरिक रुपमा फरक क्षमता भएका, टुहुरा, अशक्त, बालबालिका र वास्तविक बिपन्न कार्य गर्दै मजदुरी गर्दै आईरहेका व्यक्तिहरुको परिवारलाई खाद्यान्न सहयोग गरेको छ । स्वास्थ्य मापदण्डपुर्वक आफुहरुले उक्त सामग्रीहरु लक्षित वर्गहरुको घर घरमा पुर्याईरहेको उनले बताए ।
पछिल्लो समय विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरसको महामारीले गाउँपालिकाका दैनिक ज्यालादारी गर्ने मजदुरी, निम्न आर्थिक अवस्था भएका घरपरिवारलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीहरु र दिर्घकालिन रोगका औषधिहरु वितरण गरिरहेको उनले बताए ।
लकडाउनको समयमा समृद्ध किस्पाङ समुहले विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरुसँग आर्थिक सहयोगको अपिल गरेर संकलन भएको रकमबाट खाद्यान्न सहयोग गरिरहेको छ ।
उनका अनुसार सानिमा बैंकमा रहेको खातामा ६० हजार रकम सङ्कलन भइसकेको र सहयोग रकमहरु आउनेक्रम जारी रहेको छ ।

प्रतिक्रिया