+
Search

ताजा अपडेट +

पपुलर +

जेसीज नुवाकोटद्वारा वृक्षारोपण, वन उपभोक्ता समितिले संरक्षण गर्ने

jci nuwakot plantation program
डबली खबर
५ साल अगाडी

नुवाकोट – विश्व वृक्षारोपण दिवसको अवसरमा नुवाकोट जेसीजले विदुर नगरपालिका वडा नम्बर २ मा रहेको शहरी स्वास्थ्य केन्द्रको आसपासमा वृक्षारोपण गरेको छ ।

‘रुख रोपौं, वातावरण संरक्षण गरौं, महा प्रकृतिलाई बचाऔं’ भन्ने नाराका साथ वृक्षारोपणमा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले शहरी स्वास्थ्य केन्द्र परिसरमा विरुवा रोपे । उनले वृक्षारोपण गर्दै प्राकृतिक स्रोत र साधनलाई मानव जगतले जोगाई राख्नुपर्ने बताए ।

वनदेवी सामुदायिक उपभोक्ता समितिको सहकार्यमा गरिएको वृक्षारोपणमा बिभिन्न प्रजातीका एकसय ३७ वटा विरुवाहरु रोपिएको जेसीज नुवाकोटका वर्ष २०२१का अध्यक्ष अञ्जली पाण्डेले जानकारी दिए । सामुदायिक वन क्षेत्रमा गरिएको बिरुवाबाट मौसमअनुसार फलको फाईदा लिन सकिनुको साथै प्रकृतिको पर्यावरण कायम रहन मद्दत पुग्ने उनीले बताईन् ।

वनदेवी सामुदायिक उपभोक्ता समितिका अध्यक्ष रामबहादुर ओस्तीले विरुवा नहुर्किदासम्म संरक्षण गर्ने र हुर्काउनेगरी काम गर्ने बताए ।

कार्यक्रममा वन डिभिजन नुवाकोटका प्रमुख प्रेम सापकोटा, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेती, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, विदुर सिटी युथ क्लब लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रोपेको बिरुवालाई वन समिति र स्थानीयले नै रेखदेख गर्ने नुवाकोट जेसिजले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ