२०८१, १४ बैशाख शुक्रबार

किस्पाङमा औषधि लिएर संक्रमितको घर–घरमा जनप्रतिनिधि

डबली खबर     जेष्ठ २१ २०७८ १७:४६

medicine distribute to infected people in kispang rural municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् ।

दोस्रो भेरियन्टको सङ्क्रमणबाट किस्पाङ गाउँपालिकामा पनि बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको टोली सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुगेको गाउँपालिकाका अध्यक्ष छत्र लामाले बताए ।

“कोरोनाभाईरसको संक्रमण फैलन नदिनको लागि पालिकामै एन्टिजेन परीक्षणबाट कोभिड-१९ परीक्षण गरिरहेका छौं” उनले भने “औषधि र स्वास्थ्यकर्मीको टोली लिएर पालिकाका जनताको घरदैलोमा पुगेका हौँ।”

कोरोना सङ्क्रमित बिरामीका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि सङ्क्रमित बिरामीको घरमै पुगेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

हाल गाउँपालिकामा पुरुष ५१ र महिला ३८ जना गरी कुल ८९ जना होम आईसोलेसनमा रहेका छन् । हालसम्म गाउँपालिकामा ६५१ जनाको परीक्षण गरिएकोमा पुरुष १८५ र महिला ८३ गरि २६८ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top