२०८१, १४ बैशाख शुक्रबार

शिवपुरी आधारभुत अस्पताललाई अक्सीजन कन्सनटेटर हस्तान्तरण

डबली खबर     जेष्ठ २१ २०७८ ०७:५९

covid health material donate to shivapuri rural municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट, काठमाडौंको बोधीसत्वा विहारको सहयोगमा शिवपुरी गाउँपालिकास्थित शिवपुरी आधारभूत अस्पतालका लागि तीन थान अक्सीजन कन्सनटेटरसहित दुईलाख रुपयाँ बराबरको कोभिड रोकथाम तथा उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।

शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथा पोष्ट डटकमका सम्पादक रविनप्रसाद थपलियाको विशेष पहलमा उपलब्ध उक्त स्वास्थ्य सामग्री गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको उपस्थीतिमा पत्रकार थपलियाले शिवपुरी आधारभुत अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

अस्पतालका लागि हस्तान्त्रण गरेको स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर ३ थान, पिपीई ५० पिस, थर्मल गन १ थान, पल्स अक्सीमिटर १ थान, केएन माक्स ५० थान, सर्जिकल माक्स २ सय थान, सर्जिकल ग्लोभ्स ५० थान, टप ग्लोभस २०० थान, हायल्ड वास २० लिटर, सेनिटाइजर २० थान लगायतका स्वास्थ्य सामाग्री रहेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सिमित स्रोत साधनकाबिच पनि शिवपुरी आधारभुत अस्पतालले कोरोनाका बिरामीहरुको उपचारमा उल्लेखनीय काम गरेको बताउँदै वोधिसत्व विहारमार्फत प्राप्त स्वास्थ्य सामग्रीले बिरामीको उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, बोधीसत्वा विहारको सहयोगमा शिवपुरी चेकपोष्टस्थित नेपाली सेनालाई सेनिटाइजर १० लिटर, माक्स लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको पत्रकार थपलियाले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top