२०८०, १५ चैत्र बिहीबार

९४ जना डिस्चार्ज, थपियो ८७ सङ्क्रमित

डबली खबर     जेष्ठ १९ २०७८ १८:०७

corona virus news thumbnail for dabali khabar - leading news portal from nuwakot-min
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोनाभाइरस संक्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ। योसंगै निको हुनेको संख्या २ हजार ५९१ पुगेको छ।

बुधबार एकैपटक ९४ जना कोरोना सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए ।

यस्तै, पछिल्लो २४ घण्टामा ८७ जना नयाँ सङ्क्रमित थपिएको छ । २३० जनाको नमूना पीसीआर परीक्षणमा ५० पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो ।

कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या ९५३ रहेको छ। तथ्यांकअनुसार थप सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका १३ जना, बेलकोटगढीका ५ जना, सुर्यगढीका ३४ जना, पन्चकन्याका ३ जना, दुप्चेश्वरका १६ जना, तादीका ३ जना, किस्पाङका ७ जना, म्यागङका २ जना र तारकेश्वरका ४ जना रहेका छन् । योसँगै नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेमा २ हजार २९४ पुरुष र १ हजार २७५ महिला गरी कुल सङ्क्रमितको सङ्ख्या ३ हजार ५६९ पुगेको छ ।

हाल जिल्लाभरका अस्पतालमा ६२ जना, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ६० जना र ८६१ जना होम आईसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top