२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई एन्जिलिना शिवशक्ति ट्रष्टको सहयोग

डबली खबर     जेष्ठ १९ २०७८ १७:३२

Angelina Shivshakti Trust
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – एन्जिलिना शिवशक्ति ट्रष्टले नुवाकोटका अस्पताल र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोधिसत्व विहारसँगको सहकार्यमा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई ६५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको ट्रष्टका अध्यक्ष शिव अधिकारीले बताए ।

ट्रष्टले नुवाकोटको विदुर नगरपालिकाको त्रिशुली अस्पतालमा ३ थान, बेलकोटगढीगढी नगरपलिकामा ३ थान, तारकेश्वर गाउँपालिकामा ५ थान, मेघाङ र किस्पाङ गाउँपालिकामा २/२ थान र ककनी र सूर्यगढी गाउँपालिकामा १/१ थान गरी १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न औषधि र स्वास्थ्य सामग्री प्रदान गरेको उनले जानकारी दिए ।

यस्तै ट्रष्टले बेल्कोटगढीका १२ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री र औषधि उपलब्ध गराएको छ भने तादी गाँउपालिकाको स्वास्थ्य केन्द्रलाई पनि अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

त्रिशूली अस्पतालमा नुवाकोट, रसुवा र धादिङ जिल्लाका कोरोना संक्रमितको उपचार भइरहेको छ । अक्सिजन कन्सन्ट्रेटरले कोरोना संक्रमितका उपचारका लागि ठूलो सहयोग पुर्‍याउने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top