+
Search

ताजा अपडेट +

पपुलर +

‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार दिइने

Building of Federation of Nepali Journalists
डबली खबर
५ साल अगाडी

काठमाडौँ – नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका ६ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।

एशोसिएट प्रदेश समितिका अध्यक्ष बैकुण्ठ पराजुलीद्वारा एक विज्ञप्ती जारी गर्दै आर्थिक, फोटो, चलचित्र, खेलकूद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने जनाएको छ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई रु १० हजारको नगदको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो ।

उक्त पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने समितिका अध्यक्ष पराजुलीको भनाइ छ । पुरस्कार छनोटका लागि छ वटै विधासँग सम्बन्धित संस्थाका प्रतिनिधी रहने महासङ्घ एशोसिएटले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ