+
Search

ताजा अपडेट +

पपुलर +

समाजसेवी शुक्रमानद्वारा त्रिशुली अस्पताललाई करिब २० लाख बराबरको आईसियु बेड हस्तान्तरण

shukraman shrestha donate icu bed with monitor to trishuli hospital
डबली खबर
४ साल अगाडी

नुवाकोट – तीन दर्जनभन्दा बढी कोभिडका बिरामीलाई व्यवस्थित उपचार गरिरहेको त्रिशुली अस्पताललाई विभिन्न बित्तिय सङ्घसंस्था, सामाजिक सङ्घसंस्था, निजी क्षेत्र, व्यक्तिलगायतका दाताहरुले मन खोलेर सहयोग गरिरहेका छन् ।

यहिक्रममै मंगलबार विदुर नगरपालिका वडा नम्बर ९ का प्रतिष्ठित व्यापारी तथा समाजसेवी शुक्रमान श्रेष्ठले मंगलबार त्रिशुली अस्पताललाई करिब २० लाख बराबरको भेन्टिलेटर मनिटरसहितको आईसियु बेड र स्वास्थ्य सामग्री अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को दोस्रो लहरको कारणबाट समग्र मुलुकका साथै नुवाकोट जिल्ला समेत यस महामारीको चपेटाबाट अछुतो नरहेको परिपेक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललामा उपचारत बिरामीहरुको उपचार सेवामा टेवा पुगोस भन्ने हेतुले सहयोग गरिएको समाजसेवी श्रेष्ठले बताए ।

शुक्रमान कक्षमा जडित अत्याधुनिक बेडसहित मनिटर

आफ्नै निजी पहलमा श्रेष्ठले अस्पतालको कोभिड वार्डमा सुविधा सम्पन्न “शुक्रमान कक्ष” निर्माण गर्नुको साथै आईसीयु बेड, प्यासेन्ट मनिटर, बेड साईड लकर, एसी उपकरण लगायत बेडलाई आवश्यक सामाग्री सहयोग गरेका हुन् ।

त्रिशूली अस्पतालले जिल्लाबासी सहित रसुवा र धादिङका कोभिड तथा ननकोभिड बिरामीलाई समेत सेवा दिदै आएको छ । कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटीपिसिआर प्रयोगशाला, अक्सिजन प्लाण्ट, आईसियु, एचडियु र भेण्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन भएसगैँ सेवा प्रवाह उत्कृष्ट बन्दै गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ