+
Search

ताजा अपडेट +

पपुलर +

बैंक खोल्न बार तोकियो

banking hour
डबली खबर
४ साल अगाडी

नुवाकोट – कोरोना रोगको सङ्क्रमणको दर बढिरहेको भन्दै नुवाकोट जिल्लामा संचालित बैंक तथा वित्तिय सँस्थाहरु अब एक सातामा तीन दिन मात्रै खोल्न पाउने भएका छन् ।

कोरोना रोगको सङ्क्रमण रोक्नको लागि लगाइएको निषेधाज्ञाको समयमा बैक तथा वित्तिय सँस्थामा भीड बढेको र त्यसको लागी सडकमा आउजाउ गर्न मानिसको चाप उल्लेख्य भएसगैँ बैकहरुको लागी आज १८ गतेदेखि नै लागू हुने गरेर सातामा तीन दिन मात्रै खुल्न पाउने नुवाकोट प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

नुवाकोटमा रहेका बैंक तथा वित्तीय सँस्थाहरुको कारण निषेधाज्ञा कार्यान्वयन गराउन असहज भएको भन्दै प्रशासनले बैकहरुलाई दुई समूह जोर र बिजोर बार गरी आइत, मंगलबार र बिहीबार तथा सोमबार, बुधबार र शुक्रबार गरेर सातामा तीन दिन मात्रै खोल्नपाउने आदेश दिएको हो ।

विदुर नगरपापलिका बाहिर पनि सातामा बढीमा तीनदिन मात्रै खोल्न पाउने गरेर स्थानीयतहले नै बार–प्रणाली तोक्न सक्ने अधिकारी दिइएको प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै, विदुर नगरभित्रका सहकारी सस्थाहरु सातामा दुई दिन मात्रै सोमबार र बुधबार मात्रै खोल्न पाउने भनिएको छ ।

माइक्रोफाईनान्स, राष्ट्रिय सहकारी बैंक, सहकारी संस्थाहरुले सोमबार र बुधबार मात्र संचालन गर्न पाईने भएको छ ।

IMG_20210531_0003.jpg
बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ