+
Search

ताजा अपडेट +

पपुलर +

उपभोक्ता ठगिए प्रशासनमा उजुरी गर

district administration office dao nuwakot daonuwakot
डबली खबर
४ साल अगाडी

नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपभोक्तासँग जोडिएका विषयमा कुनै समस्या भएमा त्यसको गुनासो गर्न आग्रह गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना रोगको माहामारीको समयमा बजारमा खाद्यवस्तुको अभाव भएमा, कृत्रिम अभाव सिर्जना गरेमा, तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा तथा अखाद्य बस्तु बिक्री गरेको पाइएमा त्यस सम्बन्धमा सिधै प्रशासनमा गुनासो गर्न अपिल गरेको छ ।

बजारमा कोरोना रोगको महामारीको समयको अवसर बनाई उपभोक्तालाई ठगी गर्ने, तोकिएको भन्दा बढी शुल्क लिने तथा दैनिक उपभोक्ता सामाग्रीको अभाव सिजर्ना गरेको पाइएमा प्रशासनको फोन तथा इमेल मार्फत सूचना दिनको लागि अपिल गरिएको छ ।

उपभोक्तालाई ठगी गरेको पाइएमा कानुन अनुसार कारबाही हुने चेतावनी प्रशासनले दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ