२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा एकैपटक २१० जना डिस्चार्ज, थपियो ६५ सङ्क्रमित

डबली खबर     जेष्ठ १६ २०७८ १३:३४

nuwakot coronavirus covid19 update nepal world
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोनाभाइरस संक्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ। योसंगै निको हुनेको संख्या २ हजार २१४ पुगेको छ।

आईतबार एकैपटक ठुलो मात्रामा कोरोना सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए ।

यस्तै, जिल्लामा ६५ जना नयाँ सङ्क्रमित थपिएको छ । १६५ जनाको नमूना पीसीआर परीक्षणमा ४१ पुरुष र २४ जना महिलामा संक्रमण देखिएको हो ।

कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या १ हजार ४४ पुगेको छ। तथ्यांकअनुसार थप सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका १५ जना, बेलकोटगढीका १३ जना, सुर्यगढीका १ जना, पन्चकन्याका ४ जना, किस्पाङका २ जना, म्यागङका ७ जना र तारकेश्वरका २३ जना रहेका छन् । योसँगै नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेमा २ हजार १०५ पुरुष र १ हजार १७६ महिला गरी कुल सङ्क्रमितको सङ्ख्या ३ हजार २८१ पुगेको छ ।

हाल जिल्लाभरका अस्पतालमा ६२ जना, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ३३ जना र ९४९ जना होम आईसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top