२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

विदुर नगरपालिकामा कुन वडामा कति छन् कोरोना संक्रमित ?

डबली खबर     जेष्ठ १५ २०७८ १६:५६

bidur municipality covid rate
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोट जिल्लामा कोरोना संक्रमित र निको हुनेको दर संख्या बढ्दो छ। नुवाकोट जिल्लामा सबैभन्दा विदुर नगरपालिकामा कोरोना संक्रमण बढ्दो छ। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हरेक ९० जनामा एक जना सङ्क्रमित भईरहेको तथ्यांक छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार विदुर नगरपालिकामा हालसम्म एक हजार ४४४ जना कोरोना संक्रमित छन् । नगरमा ७१५ महिला र एक हजार ९१२ पुरुष गरी नगरमा दुई हजार ६२७ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये अहिले १०५ महिला र १६५ पुरुष गरी २७० जना होम आइसोलेसनमा बसेको तथ्यांक छ ।

विदुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीकाका अनुसार कोरोनाभाइरस महामारीको दोस्रो लहर (भेरियन्ट) यता चैत्र २४ गतेदेखिको तथ्यांकअनुसार नगरका १३ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । उनका अनुसार दोस्रो भेरियन्टयता जेठ १३ गतेसम्म नगरका सबै वडामा ६ सय ५६ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी वडा नम्बर दुईमा १०५ जना सङ्क्रमित भएका छन् भने सबैभन्दा कम वडा नम्बर ६ मा २१ जना सङ्क्रमित भएको छन् । कोरोनाभाइरस महामारीको पहिलो लहरमा विदुर नगरका ७८८ जना सङ्क्रमित भएको तथ्यांक छ ।

तथ्यांकअनुसार विदुर नगरपालिकाको वडा नम्बर १ मा ३२ जना, वडा नम्बर ३ मा ३२ जना, वडा नम्बर ४ मा ९९ जना, वडा नम्बर ५ मा २६ जना सङ्क्रमित भएका छन् । यस्तै, वडा नम्बर ७ मा ४४ जना, वडा नम्बर ८ मा ३८ जना, वडा नम्बर ९ मा ९३ जना, वडा नम्बर १० मा ६३ जना, वडा नम्बर ११ मा ४१ जना, वडा नम्बर १२ मा ३७ जना र वडा नम्बर १३ मा २५ जना सङ्क्रमित भएका छन् ।

“नगरबासीहरु आफुलाई कोभिडको सङ्क्रमण लागेको छ छैन भनि चेकजाँच गर्न त्रिशुली अस्पतालसम्म पुगेर आफ्नो स्वाब दिएर परीक्षण गराईरहेका छन्”, उनले भने “तर केहि व्यक्तिहरु आफुलाई कोभिड पोजेटिभ भएर निको भएको दुई हप्तापछि पनि स्वाब परीक्षण गराई रहेका छन् । जसले गर्दा नगरमा सङ्क्रमितको तथ्यांक स्वास्थ्य कार्यालयसँगको तथ्यांक दोहोरिएको छ ।”

विदुर नगरपालिकामा सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी सङ्घ/संस्थाहरु सुचारुको साथै स्वास्थ्य मापदण्ड अपनाउदा पनि सङ्क्रमितको सङ्ख्या बढ्दो छ । यसको लागि सबैले उच्च प्राथमिकताका साथ स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने उनले बताए ।

विदुर नगरपालिकामा दोस्रो भेरियन्टको सुरुदेखि सङ्क्रमित हुनेमा ४५९ जना निको भएको तथ्यांक छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top