२०८१, १४ बैशाख शुक्रबार

सुजिम बजारद्वारा नुवाकोट प्रहरीलाई स्वास्थ्य सामाग्री

डबली खबर     जेष्ठ १४ २०७८ १०:०८

sujim bazar nuwakot distribute health equipment to nuwakot police in pandemic period
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

नुवाकोट चेम्बर अफ कर्मसका द्वितिय उपाध्यक्ष सुर्वणमान श्रेष्ठले जिल्लामा अग्रपंक्तिमा काम गर्ने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गुल्म नम्बर १९, जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी चौकी कोलनीलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । वितरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा मास्क, सेनिटाजर, हात धुने साबुन र फेसशिल्ड रहेका छन् ।

जिल्लाकै अग्रज व्यापारीको रुपमा स्थापित विदुर नगरपालिका-९ कोलनीमा रहेको इन्द्रायणी स्टोर र सुजिम बजारका प्रोपाइटर समेत रहेका श्रेष्ठले विपद्, प्रकोप र महामारीका बेला सधै अग्रपंक्तिमा सक्रिय राष्ट्र सेवकहरुलाई महामारीको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा कवजको रुपमा उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको उनले बताए ।

साथै उनले जिल्ला कारागार कार्यालय र कारागारमा रहेका कैदीबन्दीलाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेको बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top