२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा हानिकारक मिथानोल स्यानिटाइजर!

डबली खबर     जेष्ठ १० २०७८ १२:२५

rcp duplicate sanitizer found in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – मिथानोल मिसाइएको स्यानिटाइजर नुवाकोटको बजारमा पनि भेटिएको छ । ‘आरसिपी, पर्साद्वारा रिप्याकेजिङ गरिएको’ भनी अंग्रेजीमा लेबल प्रिन्ट भएको मिथानोल मिसाइएको स्यानिटाइजर विदुरमा पाईएको हो ।

नुवाकोटका अधिकांश मेडिकल फार्मेसीमा यहि लेबल गरेको स्यानिटाइजर रहेको एक फार्मेसीका सञ्चालकले बताए । कम्पनीले पठाएको सामान सहि होला भनेर बिक्रि वितरण गरियो अहिले त्यो मिथानोल मिसाइएको स्यानिटाइजर रहेछ । केहि साता अगाडी मात्र नुवाकोट भित्रिएको स्यानिटाइजर प्राय सबै बिक्रि भइसकेको देखिएको छ । हिजो नै खबर पाएकोले हामीले त्यस कम्पनीको स्यानिटाइजर बिक्री वितरण गरेका छैनौ ।

काठमाडौं प्रहरीले आइतबार महालक्ष्मी नगरपालिका-४, इमाडोलस्थित शितलहाइटमा रहेको तीनतले घरमा छापा मारेर मिथानोल मिसाइएको करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर जफत गरेको थियो । महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मी नेतृत्वको टोलीले उक्त छापा मारेको थियो ।

प्रहरीले गोदामका सञ्चालक सुनसरीको रामधुनी नगरपालिका-१ घर भई हाल त्यही गोदाम घरमा बस्दै आएका २६ वर्षीय आशिस प्याकुरेललाई पक्राउ गरेको छ ।

आशिसले करिब तीन महिनादेखि उक्त गोदाम सञ्चालन गरेका थिए। तीनतले घर र कम्पाउन्ड भाडामा लिएर उनले स्यानिटाइजर उत्पादन गर्ने गरेका थिए। त्यसमा ‘आरसिपी, पर्साद्वारा रिप्याकेजिङ गरिएको’ भनी अंग्रेजीमा लेबल प्रिन्ट भएको टाँसेर बजार पठाइन्थ्यो।

प्रहरी टोलीले गोदामबाट मिथानोल, नक्कली स्यानिटाइजर, फेससिल्ड लगायत बरामद गरेको थियो ।

मिथानोलले आँखा, छाला, फोक्सो लगायत अंगमा नराम्रो असर पार्ने र ज्यानसम्म जानसक्ने औषधि व्यवस्था विभागको भनाइ छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top