२०८१, १३ बैशाख बिहीबार

किस्पाङ अध्यक्षद्वारा अक्सिजन सिलिण्डर व्यवस्थापन

डबली खबर     जेष्ठ ४ २०७८ ०९:४९

kispang rural municipaliyt isolation bed with oxygen setup in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – किस्पाङ गाउँपालिकाले आफ्नै अक्सिजन सिलिण्डर र आइसोलेसन बेड व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष छत्र लामाले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष लामाले पालिकाको खर्चमा ४० वटा अक्सिजन सिलिण्डरको व्यवस्था मिलाएको जानकारी दिए । यसअघि गाउँपालिकाले वडा नम्बर ३ काहुले स्वास्थ्य चौकीमा १० वटा आइसोलेसन बेडको समेत तयार गरिसकेको छ ।

कोभिड-१९ को सङ्क्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा किस्पाङ गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अहिलेसम्म किस्पाङ गाउँपालिकाका ७६ पुरुष र २२ महिला गरी कुल ९८ जना सङ्क्रमित भएका छ । हाल गाउँपालिकामा ३४ पुरुष र १२ जना महिला होम आईसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top