२०८१, ८ बैशाख शनिबार

ककनीकी उपाध्यक्षले दिइन् आफुले चढ्ने गाडी कोभिड व्यवस्थापनका लागि

डबली खबर     जेष्ठ ३ २०७८ १९:२७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले आफूले चढ्दै आएको सरकारी गाडी कोभिड व्यवस्थापनका लागि गाउँपालिकालाई जिम्मा लगाएकी छन् । 

कोरोना महामारीका समयमा विद्यमान लकडाउनको समयलाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य उपचार तथा आवातजावतका लागि आफूले चढ्दै आएको प्रदेश नम्बर ३-०२००६-५१२३ नम्बरको पिकअप दिने निर्णय गरेको जानकारी दिईन् ।

महामारीसंगको कठिन परिस्थितिमा नागरिकको साथै रहने प्रतिबद्धताका साथ आफू अनवरत लागिपरेको समेत उपाध्यक्ष खतिवडाले बताइन् । यस घडीमा समस्या पर्दा जोकोहीले आफूलाई सम्पर्क गर्न सकिने उपाध्यक्ष खतिवडा बताउँछिन् ।

ककनी गाउँपालिकामा हाल ५ बेडको आइसोलेशन रहेको छ भने तीनवटा एम्बुलेन्स तयारीका साथ राखिएको वडा नम्बर ४ का अध्यक्ष दिपेश तामाङले बताए । गाउँपालिकामा हाल ३५ जना संक्रमित होम आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top