२०८१, ११ बैशाख मंगलवार

नुवाकोटमा लम्बियो निषेधाज्ञा, जेठ १८ गतेसम्म थप

डबली खबर     जेष्ठ ३ २०७८ ०८:०२

DAO Nuwakot Office Building
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा निषेधाज्ञा दुई साताका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा जेठ १७ गतेसम्मका लागि थपिएको हो ।

कोरोना संक्रमण बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार प्रशासनले निषेधाज्ञा दुई साताका लागि थप गरिएको जनाएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि निषेधाज्ञा थप गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा संक्रमितको संख्या दुई हजार ६६ पुगेको छ । आईतबार मात्र ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नुवाकोटमा ८ जनाको मृत्यु भएको छ । संक्रमण रोक्न निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दुलालले बताए ।

यसअघिको निषेधाज्ञाले संक्रमणको चेन नतोडेको र संक्रमण झन् बढेको निष्कर्षसहित निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि जिल्लाभर वैशाख २१ गतेदेखि बैशाख २७ गते सम्मको लागि पहिलो पटक र बैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म दोस्रो चरणको लागि निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top