२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा थप ५५ संक्रमित, २७ डिस्चार्ज

डबली खबर     जेष्ठ २ २०७८ १६:१४

pcr lab technician of trishuli hospital
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १०२ जनाको नमूना पीसीआर र १२ को एन्टिजेन परीक्षणमा ३७ पुरुष र १८ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए।

कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या ६९३ पुगेको छ। जिल्लाभरका अस्पतालमा ५३, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ६ जना र ६३४ जना होम आईसोलेसनमा रहेका छन् ।

आईबारको तथ्यांकअनुसार थप सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका २३ जना, बेलकोटगढीका २ जना, किस्पाङका ८ जना, लिखु र तादीका ५/५ जना, शिवपुरी र दुप्चेश्वरका ४/४ जना, म्यागङका २ जना, पन्चकन्या र तारकेश्वरका १/१ जना रहेका छन् । योसँगै नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या २ हजार ६६ पुगेको छ ।

हाल विदुर नपाका ३४३, बेलकोटगढीका ५८, ककनीका १, सुर्यगढ़ीका १२, लिखुका ४७, शिवपुरीका ३७, पन्चकन्याका १६, दुप्चेश्वरका २१, तादीका ३१, किस्पाङका ४५, म्यागङका १६ र तारकेश्वरका ६६ जना होमआईसोलेसनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २७ जना डिस्चार्ज भइ घर फर्केका छन् भएका छन्। जिल्लामा २४७ क्वारेन्टाइन बेड रहेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top