२०८१, १४ बैशाख शुक्रबार

दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै ‘हाम्रो अक्सिजन ग्याँस उद्योग’

डबली खबर     बैशाख २३ २०७८ ०७:३५

Hamro oxygen gas udhyog p ltd
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – ककनी गाउँपालिका वडा नं. २ काउले मा रहेको ‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’ले दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ ।

चौबिसैघण्टा निरन्तर उद्योग सञ्चालन गरेर दैनिक सातसय सिलिण्डर उद्यापन गर्दै आएको प्रालीका सञ्चालक समितिका सदस्य प्रदीपकुमार सेढाईले जानकारी दिए । उनको अनुसार कम्पनीको क्षमता दैनिक आठसय सिलिण्डर भएपनि विद्युत आपूर्तिमा देखिने समस्याको कारण क्षमता भन्दा केही कम अर्थात दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको हो ।

दैनिक सातसय ठूलो सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको कम्पनीको अनुसार एक सिलिण्डरमा ४७ लिटर अक्सिजन भर्ने गरिएको छ ।

यसअघि उत्पादन हुने अक्सिजनलाई अस्पताल सहित अन्य उद्योग तथा कलकारखानामा समेत उपलब्ध गराउदै आएकोमा यही बैशाख २० गते ‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’को सञ्चालक समितिले अहिलेको समयमा कोरोना सक्रमित बिरामीको लागी अक्सिजनको अति आवश्यकता रहेको महशुस गर्दै अबदेखि अस्पताल र बिरामीको लागी मात्रै उपलब्ध गराउने निर्णय गरेको उद्योगका निवर्तमान अध्यक्ष एंव सञ्चालक समितिका सदस्य प्रदीपकुमार सेढाईले जानकारी दिए । उनको अनुसार कोरोना सक्रमित व्यक्तिको लागी एक दिनमा ठूलो सिलिण्डर एक दिनमा करीब एकवटा प्रयोग हुने भएकाले नुवाकोटको लागि अक्सिजनको अभाव नहुने र उत्पादन पश्चात बढी भएको अक्सिजनलाई काठमाडौमा पठाइने गरिएको छ ।

अहिलेको समयमा कोरोना रोगको सक्रमणको दरमा भैरहेको बृद्धि र उपचारको लागी अक्सिजन सहितको सेवा आवश्यक रहेको समयमा चौविसै घण्टा उद्योग चलाएर अधिकतम सेवा प्रवाहको लागी आफूहरु क्रियाशिल रहेको उद्योगका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए ।

ककनीमा रहेको अक्सिजन उद्योगको लागी नुवाकोटको देवीघाटठ स्थित सवस्टेशनबाट बत्ति लैजानुपर्दा टाढाको दुरी पर्ने भएको विद्युतमा हुने गरेको गढबढी र ककनी आउजाउ गर्न काठमाडौ र नुवाकोटको विदुरबाट सडक बिग्रेकाले उत्पन्न भएको समस्याको समाधानको लागी प्रशासनले सहयोग पुराएमा कोरोना बिरामीको लागी नुवाकोटमा अक्सिजनको अभाव हुने नदिने उनले प्रतिबद्धता जनाएको छ ।

उद्योगसंग रहेका ४७ लिटर क्षमताको पाच हजार सिलिण्डर मध्ये हाल चार हजार दुई सय सिलिण्डर चालु अबस्थामा रहेका छन । कोरोना बिरामीको लागी प्रतिघण्टा करीब सात लिटर अक्सिजन आवश्यक पर्ने भएकाले ठूलो सिलिण्डर नै प्रयोग गर्नुपर्ने देखिएको छ । दम तथा अन्य साधारण बिरामीको लागी प्रयोग गर्ने गरेको १० लिटर क्षमताको ३५० वटा र १५ लिटर क्षमताको ५० वटा सिलिण्डर रहेको उद्योगले जनाएको छ ।

बिरामी तथा अन्य प्रयोजनको लागी रहेका सिलिण्डर भएका त्यसलाई खाली नराख्न र आफूलाई सिलिण्डरको आवश्यकता नभएमा अहिलेको कोरोना रोगको महामारीको समयमा कम्पनीलाई तथा अतिआवश्यक पर्ने बिरामीको लागी उपलब्ध गराउन उद्योगले आग्रह गरेको छ । ४७ लिटर क्षमताको ठूलो अक्सिजन खरिदको लागी पाचसय रुपैयाँमा हाराहारी शुल्क तोकिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top