२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ३३७ पुग्यो

डबली खबर     बैशाख २३ २०७८ ०६:३३

corona update nuwakot nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या साढे तीनसय पुगेको छ ।

बुधबारको नतिजा आउनु अघि नै नुवाकोटमा कोरोना सङ्क्रमित भएर उपचार गराउदै आएका तथा स्वास्थ्यकर्मीको निगरानीमा रहेनेको सङ्ख्या ३३७ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयको अनुसार सबैभन्दा धेरै विदुर नगरपािलकाभित्र मात्रै १२० जना पुरुष र ७० जना महिला गरेर १९० जना कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै, बेलकोटगढी नगरपालिकामा २२ जना पुरुष र १२ जना महिला गरेर ३४ जना कोरोनाको सक्रिय सक्रमित रहेको पाइएको छ ।

स्वास्थ्य कार्यालयको अनुसार ककनी गाउँपालिकामा ४ जना, सूर्यगढी गाउँपालिकामा ६ जना, लिखु गाउँपालिकामा २३ जना, शिवपुरी गाउँपालिकामा २ जना, पञ्चकन्या गाउँपालिकामा ५ जना, दुप्चेश्वर गाउँपालिकामा ११ जना, तादी गाउँपालिकामा २१ जना, किस्पाङ गाउँपालिकामा २९ जना म्यागङ गाउँपालिकामा ५ जना, तारकेश्वर गाउँपालिकामा ५ जना रहेको स्वाथ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए।

उनको अनुसार कोरोनाको सक्रिय सक्रमित मध्ये त्रिशूली अस्पतालमा १ जना सघन उपचार कक्ष (आईसीयू) सहित २० जना, स्थानीयतहले बनाएको आइसोलेसन केन्द्रमा ४ जना र ३१३ जना आफ्नै घरको एकान्तबासमा बस्दै आएका छन् ।

गएको चैत २४ गतेअघिसम्म कोरोना रोगको सङ्क्रमितको सङ्ख्या शुन्य रहेको नुवाकोटमा पछिल्लो एक महिनाको अवधिमा निको भैसकेको र हाल सक्रिय सङ्क्रमित रहेको सङ्ख्या सहित ४ सय भन्दा बढी नयाँ सक्रमित थप भैसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top