२०८१, १४ बैशाख शुक्रबार

पुर्व प्रहरी संगठन नुवाकोटद्वारा माक्स, सेनिटाइजर र खानेपानी वितरण

डबली खबर     बैशाख २१ २०७८ २०:५६

ex-police covid19 program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल पुर्व प्रहरी संगठन नुवाकोटले सदरमुकाम विदुरमा माक्स, सेनिटाइजर र खानेपानी वितरण गरेको छ ।

नेपाल प्रहरीमा रहेर लामो समय योगदान पुर्याएका नुवाकोटका पुर्व प्रहरी संगठनले मंगलबार उक्त सामग्रीहरु वितरण गरेको संगठनका अध्यक्ष होमबहादुर तामाङले बताए ।

कोरोनाभाइरस कोभिड-१९ को महामारीबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ पूर्व प्रहरी संगठनले माक्स सेनिटाइजर र खानेपानी वितरण गरिएको उनले बताए ।

लकडाउनमा अत्यावश्यक कार्यमा हिँडेका व्यक्तिहरुलाई स्वास्थ्य सतर्कताको लागि मास्क र सेनिटाइजर वितरण गरिएको संगठनले जनाएको छ ।

यस्तै, संगठनले कोरोनाबाट बच्न सचतेना कार्यक्रम पनि गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top