२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा थप ६० संक्रमित, ७ जनाले जिते कोरोना

डबली खबर     बैशाख २१ २०७८ १३:५५

corona virus news thumbnail for dabali khabar - leading news portal from nuwakot-min
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – मङ्गलबार नुवाकोटमा थप ६० जना कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमित सङ्ख्या १ हजार ४५६ पुगेको छ । सङ्क्रमित हुनेमा ४४ पुरुष र १६ जना महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार नुवाकोटमा अहिले २५७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । सङ्क्रमित हुनेमा त्रिशुली अस्पतालमा १६ जना, सेन्टरमा २ जना र होम आईसोलेसनमा २३९ जना रहेका छन् ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ३२ जना, बेलकोटगढी नगरपालिकाका ५ जना, किस्पाङ गाउँपालिकाका ९ जना, लिखु गाउँपालिकाका ८ जना, सुर्यगढ़ी, दुप्चेश्वर, तादी र म्यागङ गाउँपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यस्तै, गत २४ घण्टामा १० जनाको एन्टीजेन परीक्षणमा ६ जनामा पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top