२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

नुवाकोटमा थप आठजनाले जिते कोरोना, सक्रिय सङ्क्रमित २०४ पुग्यो

डबली खबर     बैशाख २० २०७८ १४:२९

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot

नुवाकोट – पछिल्लो २४ घण्टामा आठ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना जितेर घर फर्कनेमा १ हजार १९० जना पुगेका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सोमबार २७ जना सङ्क्रमित थपिएको छ । सङ्क्रमित हुनेमा महिला ८ र पुरुष १९ जना रहेका छन् । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका १५ जना, बेलकोटगढीका ५ जना, लिखुका ३ जना, शिवपुरीका १ जना, पन्चकन्याका २ जना, र म्यागङका १ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा २८ जनाको एन्टीजेन्ट परीक्षण गरिएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

हाल जिल्लामा २०४ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । जसमा त्रिशुली अस्पतालको आईसोलेसनमा १६ जना, सेन्टरमा २ जना र १८६ होम आइसोलेसनमा उपचारत रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट’ दुइको मृत्यु भएको छ भने १ हजार ३९६ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top