२०८१, ७ बैशाख शुक्रबार

नुवाकोटमा बढ्दै छन्, कोरोना ‘सङ्क्रमितहरु’ र ‘जित्नेहरु’

डबली खबर     बैशाख १९ २०७८ १४:०६

corona update bidur municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना सङ्क्रमित थपिएको छ । योसँगै नुवाकोटमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १८५ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार आज विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका, सुर्यगढी, किस्पाङ र म्यागङ गाउँपालिकाका २२ पुरुष र ६ महिलामा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो । सङ्क्रमित हुनेमा विदुरका १७ जना, बेलकोटगढीका ४, सुर्यगढीका १, लिखुका २, किस्पाङका ३ र म्यागङका १ जना रहेका छन् ।

सङ्क्रमित हुने स्थानीय तहमा विदुर नगरपालिकाका ८४७ जना र म्यागङका १३ जना रहेका छन् ।

सङ्क्रमितहरु बिरामीहरु त्रिशुली अस्पतालमा १२ जना, सेन्टरमा २ जना र होम आईसोलेसनमा १७१ जना उपचारत रहेका छन् ।

यस्तै आईतबार कोरोना जितेर १० जना डिस्चार्ज भइ घर फर्केका छन् । योसँगै कोरोना जितेर घर फर्कनेमा १ हजार १८२ जना रहेका छन् ।

जिल्लामा डिस्चार्जको तुलनामा संक्रमण दर बढी देखिन्छ। पछिल्लो हप्तामा २२ जना डिस्चार्ज हुँदा १ सय ११ जना थपिएका थिए ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट दुइको मृत्यु भएको छ भने १ हजार ३६९ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top