२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

नुवाकोटमा निषेधाज्ञा फितलो, सार्वजनिक यातायात मात्र बन्द

डबली खबर     बैशाख २३ २०७८ ०६:२५

DAO Nuwakot Office Building
pratik book and stationery center in nuwakot

नुवाकोट – कोरोना रोगको जोखिम नियन्त्रणको लागी लगाइएको निषेधाज्ञा निकै फितलो भएको छ ।

यही मंगलबार देखि एक साताको लागी लगाएको निषेधाज्ञा कोरोना रोगको सक्रमणको दरमा भैरहेको बृद्धिको कारण थप कडाई गर्दै लैजानुपर्नेमा अघिल्लो दिनको तुलनामा आज झनै फितलो देखिएको हो ।

कोरोना रोगको सक्रमणको दर बृद्धि हुदै जिल्लामा हाल साढे तीनसय हाराहारीमा सक्रिय सक्रमितको सङ्ख्या पुगेको र सक्रमित व्यक्तिमा कडा किसिमको लक्षण समेत देखिदै आएकाले रोग नियन्त्रणमा लगाएको निषेधाज्ञा कार्यान्वयन गराउनको सट्टा नुवाकोट प्रशासनले दोश्रो दिन नै वेवास्था गरेको छ ।

एक साताको लागी हिजो मंगलबार देखि सुरु भएको निषेधाज्ञा कार्यान्वयन गराउन मुख्य बजार तथा चोकहरुमा सुरक्षाकर्मी खटाएपनि रोग नियन्त्रणको लागी गर्नुपर्ने कडाई केही नहुदाँ सार्वजनिक सवारीसाधन र केही पसल बन्द भएपनि बाँकी सबै सेवा सुचारु गरिएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले एक साताको लागी घोषणा गरेको निषेधाज्ञाको पहिलो दिन मंगलबार भन्दा दोश्रो दिन आज झनै आदेश कार्यान्वयनको पक्ष फितलो देखिएको हो । कोरोना रोगको सक्रमण नियन्त्रणको लागी भन्दै लगाएको निषेधाज्ञामा अति आवश्यक बाहेकका विभिन्न सेवा कटौती गरिएको भनेपनि प्रमुख जिल्ला अधिकारीको आदेशमा जारी भएको निषेधाज्ञा मुख्य बजार तथा कोरोना रोगको सक्रमण निकै फैलिएको बजार क्षेत्रमा कार्यान्वयन निकै कमजोर देखिएको हो । निषेधाज्ञामा गरिएको लापरबाहीसगैँ निषेधाज्ञा सरु भएसगैँ रोग नियन्त्रणमा आउनुको सट्टा दैनिक रुपमा सक्रमितको दरमा भैरहेको बृद्धि, समुदायको भित्रसम्म पुगिसकेको कोरोना रोगको भाइरस र कडा लक्षण सहितका बिरामी थप हुदै गएका छन् । कोरोना रोग लागेर श्वाय प्रश्वासमा समस्या आएसगैँ आजएकै दिन त्रिशूली अस्पतालमा सात जना बिरामी थपिएका छन् ।

निषेधाज्ञा भएपनि निजी सवारीसाधनहरु निर्वाध रुपमा चलिरहेका छन भने बिलासीताको सामाग्रि विक्री गर्ने पसलहरु सञ्चालनमा रहेका छन् । जिल्लाबाट आउजाउ गर्न नाकाहरुमा जाच तथा परीक्षण र नियन्त्रणमा प्रशासनबाट भैरहेको वेवास्थाले प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा वेवास्था सगसगैँ लापरबाही गरिएको हो ।

रोगको सक्रमणको दर बृद्धि भैरहेको भनेर नियन्त्रणको लागी गर्नपर्ने जिम्मेवारी, अपनाउनुपर्ने सतकर्ता तथा कार्यान्वयन गर्नपर्ने निषेधाज्ञामा गरिएको वेवास्थाले नुवाकोटमा कोरोना रोगको सक्रमणको दर थप भयाबह बन्दै गएको छ । नुवाकोटमा यही मंगलबारदेखि सुरु भएको निषेधाज्ञा आगामी बैशाख २७ गते रातीसम्मको लागी कायम गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको आदेशमा भनिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top