नुवाकोट – थप १० जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि त्रिशुली अस्पतालको आइसोलेसनमा अब ५ जना मात्रै संक्रमित बाँकी छन् । बिहिबार थप १० जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन् ।
अहिलेसम्म १ हजार १७० जना कोरोना सङ्क्रमित घर फर्किसकेका छन् । यस्तै, अहिले ७४ जना कोरोना सङ्क्रमित बिरामी सेल्फ होम आइसोलेसनमा उपचारत रहेका छन् ।
पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित फेला परेका छन् । नुवाकोटको जिल्ला अस्पताल त्रिशुली अस्पतालमा ३७ जनाको स्वाबको नमूना परीक्षण रिपोर्टमा १५ पुरुष र ११ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका मेडिकल ल्याब टेक्निकल यज्ञरथ पुडासैनीले जानकारी दिए ।
प्रतिक्रिया