२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

नुवाकोटमा आज एकै दिन २६ संक्रमित भेटिए

डबली खबर     बैशाख १६ २०७८ १४:२५

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot

विदुर – आज एकै दिन २६ जना कोरोना संक्रमित फेला परेका छन् । नुवाकोटको जिल्ला अस्पताल त्रिशुली अस्पतालमा ३७ जनाको स्वाबको नमूना परीक्षण रिपोर्टमा १५ पुरुष र ११ महिलामा संक्रमण पुष्टि भएको हो ।

भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकाबाट १७ जना रहेका छन भने बेलकोटगढी नगरपालिकाबाट ३ जना र किस्पाङ गाउँपालिकाबाट २ जना स्वास्थ्य कार्यालय नुवाकोटका मेडिकल ल्याब टेक्निकल यज्ञरथ पुडासैनीले जानकारी दिए । यस्तै, सुर्यगढी, लिखु, शिवपुरी र तारकेश्वर गाउँपालिकाका १/१ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।

यससँगै नुवाकोटमा संक्रमितको कुल सङ्ख्या १ हजार २७७ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको सङ्ख्या १०५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top