२०८१, १४ बैशाख शुक्रबार

भूकम्पबाट पूर्णरुपमा क्षति भएका विद्यालय भवनहरु असार मसान्तसम्ममा पुनःनिर्माण कार्य सकिने

डबली खबर     बैशाख १२ २०७८ ११:५२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – ६ वर्षअघिको भूकम्पबाट पूर्णरुपमा क्षति भएका हरेक विद्यालय भवनको आगामी असार मसान्तसम्ममा पुनःनिर्माण कार्य सकिने भएको छ ।

७२ सालको भूकम्पका कारण ३१ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षाकोठामा क्षति पुगेको थियो । क्षतिग्रस्त भएकामध्ये यसबीचमा ३२७ वटा विद्यालय गाभिएका छन् भने १५३ वटा विद्यालय सञ्चालनमा छैनन् । क्षतिग्रस्तमध्ये सात हजार ५५३ वटा विद्यालय भवन पुनःनिर्माण हुनुपर्नेमा हालसम्म छ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना निर्देशक रामशरण सापकोटाले बाँकी रहेका एक हजार ३०७ वटा विद्यालय भवनको आगामी तीन महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताउनुभएको छ ।

ईकाइका अनुसार विद्यालय व्यवस्थापन समिति मार्फत चार हजार ९३३, निर्माण व्यवसायी मार्फत ५५४ र गैरसरकारी संस्था मार्फत् ७५९ विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ ।

आगामी असारसम्ममा विद्यालय व्यवस्थापन समिति मार्फत एक हजार १२१, निर्माण व्यवसायी मार्फत १७५ र गैरसरकारी संस्था मार्फत ११ वटा विद्यालय भवनको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य बनाइएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top