२०८१, १३ बैशाख बिहीबार

कोरोनामिटर: एक सातामा २५ सङ्क्रमित थपियो

डबली खबर     बैशाख ३ २०७८ १३:०३

corona update nuwakot nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पछिल्लो २४ घण्टामा थप दुईजना सङ्क्रमित थपिएको छ । तथ्यांकअनुसार नुवाकोटमा अहिले सक्रिय संक्रमति सङ्ख्या २७ रहेको छ ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका १/१ जना महिला र पुरुष रहेको छ । सङ्क्रमित हुने बिरामीहरुमा १ जना अस्पतालको आईसोलेसनमा उपचारत रहेका छन् भने २६ जना होम आईसोलेसनमा रहेको छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म जिल्लामा विदुर नगरपालिकाका ७०९ र बेलकोटगढी नगरपालिकाका १०१ जनामा कोरोना पोजेटिभ देखिएको छ । ककनी गाउँपालिकाका ३१, सुर्यगढ़ीका ६९, लिखुका ३२, शिवपुरीका ३५, पन्चकन्याका ३१, दुप्चेश्वरका २९, तादीका ३९, किस्पाङका ३९, म्यागङका १२ र तारकेश्वरका ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । साथै नुवाकोटमै चेकजाँच गरेका अन्य स्थानका एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म नौ हजार ७७७ जनामा पिसिआर गर्दा एक हजार १७२ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोनाबाट निको हुनेको संख्या एक हजार १४४ पुगेको छ।

तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top