२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

स्टेशनरी व्यवसायी महासंघ नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न

डबली खबर     चैत्र २९ २०७७ २१:४४

6th agm stationery and books association nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – जिल्लामा पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नुवाकोटले छैठौं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । 

शनिबार भएको महासंघको अधिवेशनबाट रोशन शाहको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति गठन भएको छ ।

महासंघको नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा बासुदेव गजुरेल, द्वितीय उपाध्यक्षमा गोकर्ण रोक्का, सचिवमा राजेन्द्र रिजाल र कोषाध्यक्षमा रामशरण सापकोटा चयन भएका छन् । यस्तै, सदस्यहरुमा रामजी भट्ट, प्रेमप्रसाद ओस्ती र रामप्रसाद न्यौपाने चयन भएका छन् ।

लेखा समितिको संयोजकमा बच्चुराम लामिछाने रहेका छन् । लेखा समिति र सल्लाहकार सदस्यको विस्तार महासंघको पहिलो बैठकले तय गर्ने अध्यक्ष शाहले जानकारी दिए ।

महासंघका द्वितीय उपाध्यक्ष गोकर्ण रोक्काका अनुसार हाल जिल्ला ६० भन्दा बढी प्रकाशन हाउसको पुस्तकहरु बिक्रि वितरण हुदैँ आईरहेको छ । अस्वस्थ प्रतिस्पर्धाले व्यवसायिक समस्या र उपभोक्तालाई असर पर्ने गएको बताए । अधिवेशनले त्यस्ता किसिमको असर नपर्ने गरि समस्या समाधान गर्ने, थोक बिक्रेताबाट व्यक्तिले खरिद गरेर नाफा कमाई विद्यार्थीलाई सोझै बिक्री गर्दा व्यवसायी र उपभोक्ता दुवैले सुविधा नपाएको बताए । दर्ता नभई स्टेशनरी सामग्री वितरण गर्ने र विद्यालयले पुस्तक विक्रि वितरण गर्ने यावत् समस्या रहेको छ ।

विचौलियाहरुले अत्याधिक मात्रामा सुविधा लिएकोले यस्ता समस्यालाई हटाउन सबै व्यवसायीहरु एकजुट हुन महासंघले अपिल गरेको छ । महामारीमा कोरोना कालखण्डमा शैक्षिक क्षेत्र प्रभावित हुदाँ प्रत्यक्षरुपमा पुस्तक तथा स्टेशनरी व्यवसायी पनि प्रभावित भएकोले पुस्तक तथा स्टेशनरी व्यवसायीहरु बैंकिङ ऋण, घरभाडालगायतको मार परेको महासंघले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top