+
Search

ताजा अपडेट +

पपुलर +

बालाजु–रानीपौवा खण्डको कालोपत्रेको माग, फोहोरका गाडी रोकेर विरोध प्रदर्शन (तस्विरहरु)

डबली खबर
५ साल अगाडी

आईतबार पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारवाहीको माग गर्दै ककनी गाउँपालिकाका स्थानियले काठमाडौँको तिनपिप्लेमा सिसडोलमा लगिने फोहोरका गाडी रोकेर विरोध गरेका छन् ।

काठमाडौंको तिनपिप्लेबाट फोहोर बोक्ने गाडीलाई डम्पिङ साईड प्रवेश गर्न नदिने जनाएका छन् ।

करिब ७ वर्ष अघिदेखि अलपत्र पारेको राजमार्ग कालोपत्रे गर्नुपर्ने माग राख्दै नागरिक सचेतकले आजदेखि दवावमुलक अभियान चलाईने संयोजक आदित्य श्रेष्ठले बताए । सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत कार्यन्वयन नभएको हुनाले यसपटक कुनै पनि सम्झौता नगरी कालोपत्रे कार्यको सुरुवात भएपछि मात्र अभियान स्थगन गरिने बताएका छन् ।

फोटो: सुनील श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ