२०८१, १३ बैशाख बिहीबार

‘जस्टिस् फर भागरथी’ भन्दै नुवाकोटमा प्रदर्शन

डबली खबर     माघ २६ २०७७ १२:५६

bhagarathi bhatta justice rape after muder
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – भागरथी हत्याविरुद्ध सदरमुकाम विदुरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारामाथि कडा कारवाहीको माग गर्दै प्रहरी अनुसन्धान चाँडो टुंग्याउन माग गरेका छन् । प्रहरीले हत्यारा पक्राउ नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट निस्किएको र्‍याली विदुरस्थित लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत गरिएको थियो ।

बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको विद्यार्थी रामेश्वर गजुरेलले बताए । प्रदर्शनमा विद्यार्थी लगायत न्याय प्रेमी सचेत स्वतन्त्र युवाहरुको सकृयतामा प्रदर्शन गरिएको उनले बताए ।

र्‍यालीमा “भागरथीलाई न्याय दे”, “बलात्कारिलाइ फाँसी दे”, “कानुनी राज्य स्थापना गर” लगायत नारा लगाउदै प्ले कार्ड प्रदर्शन गरेका थिए ।

गत बुधबार बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या भएको अवस्थामा जंगलको बीचमा शव फेला परेको थियाे । भट्टको हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top