२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

त्रिशुली अस्पतालमा टोकन प्रणाली सुरु

डबली खबर     माघ १५ २०७७ ११:३६

trishuli hospital started token machine
pratik book and stationery center in nuwakot

कोलेनी – नुवाकोट जिल्लाको सरकारी अस्पताल त्रिशुली अस्पतालमा बुधबारदेखि सेवाग्राहीको भिडलाई व्यवस्थापन गर्न टोकन प्रणाली सुरु भएको छ ।

टोकन प्रणालीको शुभारम्भ जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बुधबार संयुक्त रूपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दैजिल्ला समन्वय प्रमुख सन्तमान तामाङले प्रविधीलाई प्रयोग गरेर स्वास्थ्य सेवा सरल तरिकाबाट उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । अस्पताल विकासको लागि अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्य कार्यालय र स्थानीय तहको सहयोगमा नुवाकोट, रसुवा र धादिङका सेवाग्राहीहरुले लाभ पाएको बताए। अस्पतालको प्राप्त उपलब्धीको लागि निरन्तता दिन आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउने व्यक्त गरे।

विदुर नगरपालिकाका मेयर पण्डितले राजधानीमा पाईने विशेषज्ञ चिकित्सकहरुको सेवालाई त्रिशुली अस्पतालमै सेवा लिन सकिनुको साथै आगामी दिनमा अस्पतालको बढोत्तर गतिमा विकास हुने उनको भनाई छ ।

अस्पतालले जनरल, सर्जरी शल्यक्रिया, बालरोग, हाडजोर्नी र स्त्री तथा प्रसूति रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । उक्त सेवा सुरु भएपछि अस्पतालमा सेवा लिन दैनिक दुईसय जनाभन्दा बढी बिरामीहरु आउने गरेका छन् ।

सेवागाहीको भिड व्यवस्थापन गर्न छ वटा टोकन मेसिन जडान गरी टोकन प्रणाली सुरु गरिएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।

नुवाकोट, रसुवा र धादिङका सेवाग्राहीहरुले टोकन प्रणाली लागू भएपछि सेवागाहीले पालोअनुसारको सेवा लिन पाउँदा समयको बचत र लाईन बस्ने पर्ने झन्झन हट्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top