२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा माघ १४ गते कोभिड १९ विरुद्धको पहिलो चरणको खोप अभियान शुरु गर्ने

डबली खबर     माघ १३ २०७७ १५:४३

First round vaccine against Covid 19
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट- सरकारले माघ १४ गते पहिलो प्राथमिकतामा रहेका व्यक्तिलाई खोप लगाएर कोभिड १९ विरुद्धको खोप अभियान शुरु गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटकले पनि जिल्लामा खोप अभियानको लागि मङ्गलबार प्रेस विज्ञाप्ति जारी गरेर यहि माघ १४ गते मध्यान्ह १२:३० बजे विदुर नगरपालिकाबाट सुरु गर्ने उल्लेख गरेको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा नगरपालिकाका सरसफाईकर्मी, एम्बुलेन्स चालक तथा कोभिड-१९ बाट निधन भएकाहरुको दाहसंस्कारमा खटिने सुरक्षाकर्मीहरु सहित कुल २४०२ जनालाई खोप सेवा उपलब्ध गराईने छ ।

पहिलो चरणमा यहि माघ १४ गतेदेखि १९ गतेसम्म खोप अभियानको लागि त्रिशुली अस्पताल र खरानीटार अस्पतालमा गरी दुई वटा खोप केन्द्रहरु व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ।

पहिलो चरणमा देशभरका ४ लाख ३० हजार जनालाई खोप लगाउने सरकारको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ विरुद्धको खोप अभियानको लागि स्वास्थ्य कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top