sujim bazar advert

नुवाकोटमा माघ १४ गते कोभिड १९ विरुद्धको पहिलो चरणको खोप अभियान शुरु गर्ने

डबली खबर     माघ १३, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

First round vaccine against Covid 19
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट- सरकारले माघ १४ गते पहिलो प्राथमिकतामा रहेका व्यक्तिलाई खोप लगाएर कोभिड १९ विरुद्धको खोप अभियान शुरु गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटकले पनि जिल्लामा खोप अभियानको लागि मङ्गलबार प्रेस विज्ञाप्ति जारी गरेर यहि माघ १४ गते मध्यान्ह १२:३० बजे विदुर नगरपालिकाबाट सुरु गर्ने उल्लेख गरेको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा नगरपालिकाका सरसफाईकर्मी, एम्बुलेन्स चालक तथा कोभिड-१९ बाट निधन भएकाहरुको दाहसंस्कारमा खटिने सुरक्षाकर्मीहरु सहित कुल २४०२ जनालाई खोप सेवा उपलब्ध गराईने छ ।

पहिलो चरणमा यहि माघ १४ गतेदेखि १९ गतेसम्म खोप अभियानको लागि त्रिशुली अस्पताल र खरानीटार अस्पतालमा गरी दुई वटा खोप केन्द्रहरु व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ।

पहिलो चरणमा देशभरका ४ लाख ३० हजार जनालाई खोप लगाउने सरकारको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ विरुद्धको खोप अभियानको लागि स्वास्थ्य कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति
Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top