२०८०, ११ आश्विन बिहीबार
social securities awareness bidur municipality

९४ प्रतिशत निको भए, सक्रिय सङ्क्रमित ६८

डबली खबर     माघ ८ २०७७ २१:०६

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोटमा आज थप एक जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। जिल्लामा निको हुनेको सङ्ख्या एक हजार २४ पुगेको छ ।

बिहिबार थप ११ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नुवाकोटमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार ९३ पुगेको छ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकामा सबैभन्दा बढी रहेको छ । विदुरमा महिला १९९ र पुरुष ४६१ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा अस्पताल आईसोलेसनमा २ जना र होम आईसोलेसनमा बस्नेको सङ्ख्या ६६ गरी कुल ६८ जना पुगेको छ ।

हालसम्म आठ हजार ८३६ जनाको पिसिआर परीक्षण गरिएकोमा सात हजार ७४३ जनाको निगेटिभ आएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top