+
Search

ताजा अपडेट +

पपुलर +

९४ प्रतिशत निको भए, सक्रिय सङ्क्रमित ६८

डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटमा आज थप एक जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। जिल्लामा निको हुनेको सङ्ख्या एक हजार २४ पुगेको छ ।

बिहिबार थप ११ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नुवाकोटमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार ९३ पुगेको छ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकामा सबैभन्दा बढी रहेको छ । विदुरमा महिला १९९ र पुरुष ४६१ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा अस्पताल आईसोलेसनमा २ जना र होम आईसोलेसनमा बस्नेको सङ्ख्या ६६ गरी कुल ६८ जना पुगेको छ ।

हालसम्म आठ हजार ८३६ जनाको पिसिआर परीक्षण गरिएकोमा सात हजार ७४३ जनाको निगेटिभ आएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ