२०८०, १५ चैत्र बिहीबार

कोरोनामिटर: १ हजार २४ सङ्क्रमित

डबली खबर     पुष १६ २०७७ १६:४०

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पछिल्लो २४ घन्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एक हजार २४ जना सङ्क्रमित भएका छन् ।

कोरोनाकाभाइरसका कारण विदुर नगरपालिकाका पुरुष २ र महिला १ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजाराम कार्कीले जानकारी दिए । जिल्लामा अहिले ११५ जना सक्रिय सङ्क्रमित रहेका छन् भने थप १६ जना निको भएका छन् ।।

उनका अनुसार अहिलेसम्म जिल्लाका दुइ नगरपालिकाका छसय ९३ जना र दश गाउँपालिकाका तीनसय ३० जनामा सङ्क्रमण भएको जनाएको छ । जसमा विदुर नगरपालिकाका छसय १० र बेलकोटगढी नगरपालिकाका ८२ जना सङ्क्रमित भएका छन्।

यस्तै, सुर्यगढ़ी गाउँपालिकाका ६९, तारकेश्वरका ४१, शिवपुरीका ३०, तादीका ३१, दुप्चेश्वरका २८, ककनीका ३१, किस्पाङका ३०, लिखुका २८, पञ्चकन्याका ३० र म्यागङका १२ जनामा सङ्क्रमित भएका छन् । यस्तै अन्य जिल्लाका एक जना नागरिकको कोरोना परीक्षण गरिएकोमा संक्रमण भएको तथ्यांक रहेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top