काठमाडौं – वैदेशिक रोजगार विभागले भोलीबाट अनलाईन पुन : श्रम स्वीकृति खुल्ने जनाएकाे छ ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य भोली (शुक्रबार)बाट खुला गर्ने जानकारी दिएको हो ।
‘श्रम स्वीकृति लिन चाहने बैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाईन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य १७ गतेबाट सूचारु हुने छ।’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया