२०८१, १३ बैशाख बिहीबार

अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग र स्वास्थ्य उपचार

डबली खबर     पुष ७ २०७७ २२:१२

financial and warm clothing dress support to kanchhi maya tamang
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – तारकेश्वर गाउँपालिका वडा नम्बर १ उपल्लोछापका बिपन्न वर्ग तथा अपाङ्गता भएका एक महिलालाई आर्थिक सहयोग र स्वास्थ्य उपचार गरिएको छ ।

स्थानीय बिमला तामाङले उपल्लोछापका दुवै आँखा देख्न नसक्ने बेसाहरा एकल महिला कान्छीमाया तामाङको दयनीय अवस्थालाई आर्थिक सहयोग जुटाउने उद्देश्यले सामाजिक सञ्जालको सदुपयोग गर्दै आफ्नो फेसबुक वालमा कान्छीमायाको नाबालक दुई छोरी र एक छोराको फोटोसहित सेयर गरेकी थिईन् ।

उक्त पोस्ट पछ्याउँदै सामाजिक अभियन्ता रामेश्वर गजुरेलले पुन: आफ्नो फेसबुकको वालमा आर्थिक सहयोगको पोस्ट गरेका थिए । उक्त पोस्ट गरेको केहि समयदेखि तीनदिनसम्ममा विभिन्न क्षेत्रका सहयोगी हातहरुको साथबाट रु.६१ हजार आठसय ५० आर्थिक संकलन भएको उनले जानकारी दिए ।

उनकाअनुसार संकलित रकम मध्ये ४० हजार छसय १० रुपैयाँ नगद र २१ हजार २ सय ४० रुपैयाँ बराबरको करिब छ महिनालाई पुग्ने खाद्यान्न सामाग्री, तीन बच्चाहरूलाई र कान्छीमायालाई जाडोमा लगाउने कपडा, ओढ्ने ओछ्याउने लगायतका सामाग्री प्रदान गरिएको छ ।

यस्तै, नुवाकोट सामुदायिक आँखा केन्द्रको सहकार्यमा कान्छीमाया र उनका छोराछोरीको पनि आँखा चेकजाँच गरिएको छ ।

आँखा चेकजाँच गराउँदा उनको जन्मजात नै आँखाको नानी सानो भएर आँखा नदेख्ने समस्या बढ्दै गएको केन्द्रका प्रमुख शङ्कर अधिकारीले जानकारी दिए । उनकी छोराछोरीको भने एलर्जी इन्फेक्सनको कारणले गर्दा आँखामा थोरै समस्या रहेको जनाएको छ ।

यसअघि कान्छीमायालाई स्थानीय म्हेन्दोमाया क्लबले पनि न्यानो कपडा र ब्ल्यांकेट सहयोग गरेका थिए।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top