sujim bazar advert

अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग र स्वास्थ्य उपचार

डबली खबर     पुस ७, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

financial and warm clothing dress support to kanchhi maya tamang
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – तारकेश्वर गाउँपालिका वडा नम्बर १ उपल्लोछापका बिपन्न वर्ग तथा अपाङ्गता भएका एक महिलालाई आर्थिक सहयोग र स्वास्थ्य उपचार गरिएको छ ।

स्थानीय बिमला तामाङले उपल्लोछापका दुवै आँखा देख्न नसक्ने बेसाहरा एकल महिला कान्छीमाया तामाङको दयनीय अवस्थालाई आर्थिक सहयोग जुटाउने उद्देश्यले सामाजिक सञ्जालको सदुपयोग गर्दै आफ्नो फेसबुक वालमा कान्छीमायाको नाबालक दुई छोरी र एक छोराको फोटोसहित सेयर गरेकी थिईन् ।

उक्त पोस्ट पछ्याउँदै सामाजिक अभियन्ता रामेश्वर गजुरेलले पुन: आफ्नो फेसबुकको वालमा आर्थिक सहयोगको पोस्ट गरेका थिए । उक्त पोस्ट गरेको केहि समयदेखि तीनदिनसम्ममा विभिन्न क्षेत्रका सहयोगी हातहरुको साथबाट रु.६१ हजार आठसय ५० आर्थिक संकलन भएको उनले जानकारी दिए ।

उनकाअनुसार संकलित रकम मध्ये ४० हजार छसय १० रुपैयाँ नगद र २१ हजार २ सय ४० रुपैयाँ बराबरको करिब छ महिनालाई पुग्ने खाद्यान्न सामाग्री, तीन बच्चाहरूलाई र कान्छीमायालाई जाडोमा लगाउने कपडा, ओढ्ने ओछ्याउने लगायतका सामाग्री प्रदान गरिएको छ ।

यस्तै, नुवाकोट सामुदायिक आँखा केन्द्रको सहकार्यमा कान्छीमाया र उनका छोराछोरीको पनि आँखा चेकजाँच गरिएको छ ।

आँखा चेकजाँच गराउँदा उनको जन्मजात नै आँखाको नानी सानो भएर आँखा नदेख्ने समस्या बढ्दै गएको केन्द्रका प्रमुख शङ्कर अधिकारीले जानकारी दिए । उनकी छोराछोरीको भने एलर्जी इन्फेक्सनको कारणले गर्दा आँखामा थोरै समस्या रहेको जनाएको छ ।

यसअघि कान्छीमायालाई स्थानीय म्हेन्दोमाया क्लबले पनि न्यानो कपडा र ब्ल्यांकेट सहयोग गरेका थिए।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top