२०८१, १४ बैशाख शुक्रबार

कर्णाली र लुम्बिनी प्रदेशमा भेन्टिलेटर र सुरक्षा सामग्री वितरण

डबली खबर     मंसिर १७ २०७७ १४:१९

4 handover to ambulance drivers and blood technicians at Chitwan
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विरेन्द्रनगर, सुर्खेत – कोका-कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोभिड बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत, बिरेन्द्रनगर, रक्तसञ्चार केन्द्र र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण आज विरेन्द्रनगरमा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर काठमाडौँबाट मंसिर पहिलो हप्ता सुरु गरेको यो दोस्रो चरणको वितरण अभियान आजै समापन भएको छ ।

कर्णाली प्रदेश मुख्यालयमा हस्तान्तरण गरिएका सामग्रीमा रु. १६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा रहेका छन् । ती सामग्रीहरुको जम्मा मूल्य १९ लाख ६५ हजार दुई सय रहेको छ ।

मंगलबार नेपालगञ्जमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेरेसोका महामन्त्री पिताम्बर अर्यालको उपस्थितिमा भेरी अञ्चल अस्पतालमा सामग्री वितरण गरिएको थियो । त्यस्तै सुदुर पश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट र महामन्त्री पिताम्बर अर्यालको उपस्थितिमा आइतबार धनगढीमा सेती प्राविधिक अस्पताललाई सामग्री हस्तान्तरण गरिएको वितरण अभियानमा संलग्न नेरेसोका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

भरतपुर अस्पताल, चितवन, कोशी अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेश अस्पताल सुर्खेत र सेती प्राविधिक अस्पताल कैलालीमा भेन्टिलेटर सहित सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो ।

नेपाल रेडक्रस र कोका-कोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा नेपाल रेडक्रसका केन्द्रीय उपाध्यक्ष सर्मिला कार्कीले खुशी व्यक्त गर्दै संस्थालाई सुदृढ बनाउन र सरकारसँगसँगै हातेमालो गरी कार्यक्रम गर्न हामी प्रतिबद्ध रहेको बताईन् । संस्थालाइ थप पारदर्शी, जिम्मेवार र सहभागितामूलक बनाउन रेडक्रसका विभिन्न निकायसँगको अन्तरक्रियालाई पनि हामी साथसाथै अघि बढाइरहेको बताईन् ।

नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा हस्तान्तरण गरिएका सामग्रीहरूको कूल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ । साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरू र स्वास्थ्य कर्मचारीहरू, २४७ एम्बुलेन्स चालकहरू पनि यो लाभान्वित भएका सञ्चार निर्देशक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top