+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा दुईसय ४४ जना सक्रिय सङ्क्रमित, आज थप १२ सङ्क्रमित

nuwakot's coronavirus covid-19 update new 2020
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – नुवाकोटमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या दुईसय ४४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा दुईसय ४४ जना सक्रिय सङ्क्रमित रहेको छ भने कोरोनामुक्त भएर थप दुई जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालकाअनुसार विदुर नगरपालिकाका ६ जना, बेलकोटगढीका १ जना, ककनीका १ जना, सुर्यगढ़ीका १ जना र म्यागङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अहिले अस्पतालमा पाँच जना, स्थानीय तहले निर्माण गरको आईसोलेसन सेन्टरमा एक जना र होम आईसोलेसन दुईसय ३८ जना रहेको स्वास्थ्य कार्यालयकाले जनाएको छ ।

कोरोनाकाभाइरसका कारण जिल्लाका १२ वटै स्थानीय तहगत रुपमा विदुर नगरपालिकामा ४७८, बेलकोटगढीमा ६८, सुर्यगढीमा ५५, तारकेश्वरमा ३५, शिवपुरीमा २९, तादीमा २८, ककनीमा २७, दुप्चेश्वरमा २६, किस्पाङमा २३, पञ्चकन्यामा १७, लिखुमा १६, म्यागङमा ९ र जिल्लामै परीक्षण गर्दा अन्य जिल्लाका १ जना गरी ८१२ जनामा संक्रमण भएको तथ्यांक रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ