२०७८, २ असार बुधबार

कोरोना डिफेन्स अवार्डबाट अधिकारी सम्मानित

डबली खबर     मंसिर १२ २०७७ १४:४४


santoshi adhikari abc television nepal
bidur tax

काठमाडौं – एबिसी टेलिभिजनकी पत्रकार सन्तोषी अधिकारी कोरोना डिफेन्स अवार्ड-२०२० बाट सम्मानित भएकी छिन् ।

काठमाडौंमा बिहीबार फोकस नेपालले आफ्नो आठौं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको “कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकार र नागरिक समाजको भूमिका” विषयक विचार गोष्ठी तथा कोरोना डिफेन्स अवार्ड कार्यक्रममा उनीलाई नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका बाबजुत समाजमा चेतना फैलाउन दिनरात खटेर समाजमा सजकता र सर्तकता अपाउन जनचेतनामुलक कार्यक्रम एवं समाचार प्रशारण गरेर महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

यसैगरि, कार्यक्रममा हिमालय टेलिभिजनका समाचार सम्पादक रामचन्द्र अर्याल, एपी वान टेलिभिजनका प्रमुख सम्वाददाता विष्णु क्षेत्री, नेपाल टेलिभिजनका ललितपुर सम्बाददाता ईश्वर महर्जन, सगरमाथा टेलिभिजनका समाचार सम्पादक रमेश वाग्लेलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना कहरकाबीच सबैले हातेमाले गरेर अगाडी बढ्न सके कोरोनालाई नेपालले अवश्य जित्न सक्ने बताए । उनले महामारीका समयमा आफ्नो जिउ–ज्यानको बाजी लगाएर सञ्चार, उद्योग, समाजिक, आर्थिक क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको सम्मान सरकारले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए ।

कार्यक्रममा विभिन्न विधामा कार्यरत सञ्चारकर्मी, समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19


Top